यि हुन पहिलो नेपाली पानी जहाजका क्याप्टेन पाण्डे

बिहिबार, पुस २१, २०७३

loading...


सिड्नी । अस्ट्रेलिया आईपुगेका एकजना नेपाली आफ्नो निरन्तर प्रयासका कारण पहिलो नेपाली पानी जहाज क्याप्टेन बन्न पुगेका छन् ।  हाल ७ हजार घण्टा सम्मको सफलतापुर्वक पानीजहाज चलाइसकेका ब्राम पाण्डेको नेपाली नाम भने कैलाश पाण्डे हो ।

साहस र लगनशिलता नै आफ्नो सफलताको रहस्य भएको बताउने पाण्डे विदेशमा आएर पनि अवसर चिन्न नसकिए र समय अनुसार आफुलाई अगाडि बढाईेएन भने आफ्नो देश छाडेको अर्थ नरहने बताउँछन् ।

pandey2उनी यसै विषयमा स्नाकोत्तर गरि सिड्नी हार्वर हाउस बाट विभिन्न सामुद्रिक यात्रामा छुट्ने साना वा ठुला जहाजहरूका कमान्डर हुन् । अन्तरदेशीय तथा अन्तराष्ट्रिय जहाज चलाउन हरेक दिन ब्यस्त रहने ब्राम आफु जल, थल र हवाइ सबै खाले सवारीको चालक बन्ने तयारी गरिरहेको बताउछन् ।

उद्दार हेलीकोप्टर समेतको पाइलट बन्ने तयारीमा रहेका पाण्डेले आफु स्टीवर्ड पदबाट यो पेशामा प्रवेश गरेको र कम्पनिकै खर्चमा अध्ययन समाप्त गरि यो उचाइमा पुगेको जानकारी दिए ।  सयौं यात्रुहरू र जहाज भित्र कार्यरत सबै स्टाफहरूको इन्चार्जका रुपमा आफुले जिम्वेवारी बहन गर्ने गरेको बताउने पाण्डे हाल ३१ वर्षका भए ।

नेपालको पाल्पा जिल्लामा जन्मिएका पाण्डे ७ वर्ष अघि अध्ययनका लागि  अस्ट्रेलियामा पुगेका थिए ।  अस्ट्रेलियामा मात्र नभएर सम्भवत विश्वमै पहिलो र कम उमेरको नेपाली क्याप्टेन बन्ने सौभाग्य आफुलाई नै मिलेको उनको दावी छ ।

आफुभित्र लुकेको प्रतिभालाई आफैले उजागर गर्नु पर्ने र यसका लागि मात्र प्रतिवद्दता जरुरी हुने उनको भनाइ छ । नेपालको पहुँच समन्द्रसंग नजोडिएपनि एउटा नेपाली नागरिक सामुद्रिक यात्राका प्रसिद्ध पानी जहाज चलाउँछ भन्ने खवर यस क्षेत्रका अन्यलाई समेत नौलो विषय बन्न पुगेको उनका सहकर्मीहरु बताउँछन् ।

1504 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom