औषधी व्यवसायी संघको अधिवेशनमा श्रेष्ठको प्यानल सावर्जनिक

शुक्रबार, भदौ १३, २०७६

- एलिना कार्कि



काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्लाको अधिवेशनको लागी अध्यक्ष बद्रीप्रशाद श्रेष्ठको प्यानलले नामावली सार्वजनिक गरेको छ।

संघले नामवली सहित आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरेको छ। संघको गरिमा सुशासन र व्यवसायिक हकहित हाम्रो प्रतिबद्द्ता व्यवसायिक मर्यादाको लागी सामुहिक नेत्तृत्व आजको आवश्यकता भन्ने मुल नारा सहित श्रेष्ठको प्यानलको सार्वजनिक भएको हो ।

नेपाल औषधि व्यवसायी संघको सर्वोच्चतालाइ मुर्त रुप दिदै व्यवसायीको हक हितको सुरक्षा ,व्यवसायिक दक्षता अभिवृद्धि , डि फार्मेसी ,बि फाम,तथा एम फाम अध्ययन गरि भाइचाराको विकास गर्ने र औषधी विभागसंग समन्वय गरि सहयोगी भुमिका निर्वाह गर्ने कुरा प्रतिबद्धतामा उल्लेख गरिएको छ।।

नेपाल औषधी व्यवसायीमा श्रेष्ठ प्यानलकाे नामावली यस्ताे छ ।

अध्यक्ष:  बद्रीप्रसाद श्रेष्ठ (बबी मेडिसिन सप्लायर्स)
उपाध्यक्ष: नवराज खनाल (हनुमान फर्मा)
महासचिव:  सुभमान श्रेष्ठ (आव्रा कस्मोडमा फार्मा)
कोशाध्यक्ष: प्रकाश न्यौपाने (निर्वाण फार्मेसी)
सचीव :    देविन्द्र कुमार न्यौपाने (निर्मल भुमी फार्मेसी )
उपकोषाध्यक्ष:  शंकर महर्जन (स्वयम्भु फर्मास्युटिकल्स)
सदस्य: मिना कंडेल नेपाल (भिएम सन्तोष फार्मेसी )
सदस्य:  पन्चकुमार श्रेष्ठ (सवल मेडिकल) रहेका छन ।

उक्त प्यानलले उपभोक्ता हक हितका साथै संघको सर्वापरि हितमा रहि काम गर्ने समेत जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata