विश्वकप क्रिकेट: अस्ट्रेलियाको नजर आठौँमा, इंग्ल्यान्डको नजर चौथोमा

बिहिबार, असार २६, २०७६



एजेन्सी ।  विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । पाँच पटक विश्व जितिसकेको अस्ट्रेलिया छैठौं जीत हासिल गर्न आठौँ पटक फाइनलको स्थान सुरक्षित गर्न इंग्ल्यान्डसंग प्रतिस्पर्धा  गर्दै छ क्रिकेटको इतिहासमा विश्वकप ट्रफी चुम्न बाट बन्चित रहेको इंग्ल्यान्ड यस अघि तीन पटक उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो 

आजको खेलमा जीत हासिल गर्नासाथ चौथो पटक फाइनलको स्थान सुरक्षित हुनेछ भने पहिलो पटक विश्वकप ट्रफी आफ्नै भूमिमा चुम्ने अवसर प्राप्त गर्नेछ 

खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा वर्मिङह्याममा हुँदैछ 

यसअघि क्रिकेट विश्वकपमा:

  • उपविजेता

इंग्ल्यान्ड – १९७९, १९८७ र १९९२

अस्ट्रेलिया – १९७५, १९९६

  • विजेता 

इंग्ल्यान्ड – ०

अष्ट्रेलिया – १९८७, १९९९, २००३, २००७, २०१५

सेमिफाइनलमा स्थान जमाउन एक समय कठिन अवस्था सिर्जना भएको इंग्ल्यान्ड लिग चरणको अन्तिम दुई खेलमा जीतको लयमा फर्किएको छ विश्वकप जित्ने भोकले रन्थनिएको इंग्ल्यान्डसँग जोनी ब्रिस्टो, जेसन रोय, जो रुट र जोस बटलरको घातक ब्याटिङ क्रम छ भने मोर्गानको अनुभव ट्रफी चुम्नको निम्ति आतुर छ

त्यसैगरी आरोन फ्रिन्ज, डेबिड वार्नर र जोन केरी छैठौं विश्वकप चुम्नको निम्ति हतारिएको समयमा लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग व्यहोरेको पराजय बिर्सने कोसिस गर्दैछ 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata