सुदूरपश्चिमका ५० वटा स्थानीय तहमा आयुर्वेदिक स्वास्थ्य संरचनाको अभाव

बिहिबार, माघ १०, २०७५

- दिपकराज जोशी



धनगढी । सुदूरपश्चिम प्रदेशका ५० वटा स्थानिय तहमा स्वासथ्य संस्थाको संरचना विना नै काम काज हुँदै आएको छ ।  बिहिबार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग सेवाका बारेमा गरेको साक्षात्कार कार्यक्रममा उक्त तथ्यकाे खुलासा भएकाे हाे ।

तथ्याङ अनुसार प्रदेशका ८८ स्थानीय तहमध्य ५० वटामा आयुर्वेदिक स्वास्थ्य संस्थामा कुनै पनि सरंचना नभएको तथ्य  भेटिएकाे हाे ।  मन्त्रालयका आयुर्वेद शाखाका प्रमुख डा. चेतराज जोशीका अनुसार ३८ स्थानीय तहमा आयुर्वेदका भौतिक र जनशक्ति को सरंचना छ । त्यहाँ सेवालाइ बिस्तार गर्न सजिलो रहेको बताए ।

सरकारले यस प्रदेशमा आयुर्वेदिक प्रतिष्ठान स्थापना गरि कैलालीको राजपुरमा भवन निर्माणाधिन अवस्थामा रहेको र त्यसबाट पाइने सेवाले आयुर्वेद तर्फको बिकासमा झन टेवा पुर्याउन सकिने धनगढी उपमहानगरपालिका स्वास्थ्य प्रतिनिधि डा. खगेन्द्र बमले बताए ।

स्वस्थ व्यक्तिको स्वास्थ रक्षा गर्नु र रोगीको रोग निको पार्नु आयुर्बेद स्वास्थ पद्धति को मुल नीति रहेको छ । नसर्ने रोगहरु ,स्तनपान ,स्त्रीरोग ,यौनबधर्क ,शक्तिबर्धक ,दीर्घकालीन जस्ता धेरै रोगहरुको न्युन प्रति असर हुने गरि अचुक औषधीबाट यस प्रणालीले मात्र उपचार सम्भव रहेकोले अब सबै स्थानीय तहमा औषधालय स्थापनाका लागी पहल भइरहेको कुरा सामाजिक मन्त्रालय कि आयुर्वेद स्वास्थ्य सहायक दिक्षा भण्डारीले बताइन ।

सबै चिकित्सक ,स्वास्थकर्मी र सुदूरवपश्चिम प्रदेशका सरोकारवालासँग अभिमुखिकण र थप तालिम को व्यवस्थामा जुटेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका कार्यक्रमका फोकल व्यक्ति भोजराज जोशीले जनाए ।

गौरिगङगा नगरपालिका कैलाली कि उपप्रमुख अन्चली चौधरीले जनतालाइ सेवा दिन आयुर्वेद को कुनै सरंचना नभएकोले दुख व्यक्त गरिन साथै स्वास्थ्य शिबिरबाट आयुर्वेद स्वास्थ को सेवा दिनुको विकल्प नरहेको उनको भनाई रहेको छ ।  नेपालमा जडिबुटी विदेशमा निर्यात हुने त्यसै बाट बनेको औसधि महंगोमा नेपालीले प्रयोग गरिरहनु पर्ने बाध्यता छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank