सिरियामा विषाक्त ग्याँसद्वारा हमला, ७० जनाको मृत्यु

आइतवार, चैत्र २५, २०७४



काठमाडौं । सिरियाका राहत बचावर्मियोंको अनुसार डोम शहरमा विषाक्त ग्याँस हमलामा परि ७० जनाको मृत्यु भएको छ । तथापि अमेरिकी विदेश विभागका अनुसार मर्नेको संख्या यो भन्दा बढी रहेको छ ।

पूर्वी गुटमा विद्रोहीहरुको कव्जामा रहेका डोमा अन्तिम शहर हो । ।  सिरियाका द वाइट हेल्मेट्स नामक एक स्वंयसेवी संस्थाले ट्विटरमा केहि फोटोहरु पोस्ट गरेको छ ।

यी तस्वीरहरुमा बेसमेंटमा शव देखिएका छन् । उक्त संस्थाका अनुसार मृतकको संख्या बढ्न सक्छ । यद्यपि उक्त खबर को अझै पुष्टि हुन बाँकी छ । द वाइट हेल्मेट्सले पहिले ट्विटर मा १५० जनको मृत्यु भएको बताएको थियो । तर पछि उक्त ट्वीट हटाएको छ ।

सीरियाली सरकारले भने विषाक्त ग्याँसको हमलाको खबर झुठ भएको बताएको छ । तर अमेरिकी  विदेश मन्त्रालयले भने यो खवरमा उनीहरुले आफ्नो नजर टिकाएका छन् ।

अमेरिकी  विदेश मन्त्रालयका अनुसार रूस सिरियाली सरकार को तर्फबाट लडिरहेको छ ।
बीबीसी

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank