अफगानिस्तानको अस्पतालमा हमला, मृत्यु हुनेको संख्या २४ पुग्यो

बिहिबार, जेष्ठ १, २०७७



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एक अस्पतालमा बन्दुकधारीहरुले हमला गर्दा २४ जनाको ज्यान गएको छ । उक्त हमलामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको बताइएको थियो ।

यद्धपी अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बुधबार सो हमलामा परी ज्यान जानेको संख्या २४ पुगेको साथै थप १६ जना घाइते भएको जानकारी दिए । उनले मंगलबारदेखि बुधबार बिहानसम्म लगाएर सो अस्पतालमा रहेका आतंककारीमाथि पनि कारबाही गरिएको जानकारी दिए ।

त्यस अस्पतालमा सो समयमा चिकित्सक र नर्ससहित १ सय ४० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ । त्यस अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला अस्पतालमा विरामीहरु पनि रहेको जानकारी दिएका छन् ।

त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ । विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा तालिबानले हमला गरेको हुनसक्ने बताइएको छ ।यद्यपि  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

आक्रमणको समयमा त्यहाँ रहेका करिब तीन जना विदेशीसहित १०० जना महिला र बालबालिकालाई त्यहाँबाट सुरक्षित स्थानतर्फ लैजान सफल भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments