एटीएम ठगी प्रकरण : फरेन्सिक इन्भेष्टिगेसन गर्न समितिको सुझाव

बिहिबार, भदौ १९, २०७६



एटीएम ठगी प्रकरणमा भएको कमजोरीका सम्बन्धमा गहिरो अध्ययनका लागि तत्काल फरेन्सिक इन्भेष्टिगेसन गर्न छानविन समितिले सुझाव दिएको छ ।

एटीएम ठगी अध्ययनका लागि गठित समितिले दीर्घकालीन र अल्पकालीन समस्याहरुको समाधान औल्याएर नेपाल राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाएको हो ।

समितिले फरेन्सिक इन्भेष्टिगेसन गर्न सुझाव दिएपछि विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी नेप्सले सिंगापुर र हङकङबाट फरेन्सिक विज्ञ बोलाइसकेको छ ।

बिहीबारसम्ममा विज्ञ नेपाल आइसक्ने भएकाले समस्या कहाँनेर भएको र कसको कमजोरीका कारण यस्तो घटना भयो भन्ने पत्ता लगाउन केही समय लाग्ने समितिले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata