एटिएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिक प्रहरीको फन्दामा

एक कराेड २६ लाख भन्दा बढी रकम बरामद

आइतवार, भदौ १५, २०७६



काठमाडौं । नक्कली एटिएम कार्डको प्रयोग गर्दै पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ परेका छन ।

अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिक नगद सहित पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरलाई पक्राउ गरिएकाे हो ।

 प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र ढ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata