राष्ट्रिय एथलेटिक्स अाजदेखि इटहरीमा सुरु

आइतवार, पुस २३, २०७४

- नेपालपाटी स‌ंवाददाता



काठमाडाैं । राखेप च्याम्पियनसिप अन्तर्गत ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबारदेखि सुनसरीको इटहरीमा सुरु भएकाे छ ।

प्रतियोगितामा जम्मा १ सय ७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन् । ३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी सहभागी हुनेछन् । एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन् । त्यस्तै पाँच विकास क्षेत्रबाट १८ का दरले ९० खेलाडीले भाग लिने छन् । क्षेत्रमा पुरुष-महिलालाई समान ९–९ कोटा दिइएको छ ।

प्रमुख प्रशिक्षक यादवका अनुसार पुरुषमा १९ र महिलामा १८ गरी जम्मा ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताको महिलामा ह्यामर थ्रो राखिएको छैन ।

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank