राजधानी सनामा साउदी-युएई गठबन्धनको हवाई आक्रमण कम्तिमा ६ जनाको मृत्यु

शुक्रबार, जेष्ठ ३, २०७६



यमन । यमनको राजधानी सनामा साउदी-युएई गठबन्धनले हवाई आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको हुथी रन-मशिरा टिभीले जनाएको छ ।

गठबन्धन सेनाले हुथी विद्रोही सेनाको ठेगानालाई लक्षित गर्दै ११ हवाई हमला गर्दा  दर्जनौं मानिस घाइते भएको मिडियाले जनाएका छन् ।

हुथी विद्रोहीले साउदी अरबको एक प्रमुख तेल पाइपलाईनलाई अस्थायी रुपमा बन्द गरेको दुई दिन पछि गठबन्धन सेनाले उक्त हमला गर्न बाध्य भएको जनाएको छ । हवाई हमलापछि साउदी अरबकाे सहयाेगमा चलेको मिडियाले भनेको छ, हुथी विद्रोहीको आक्रमतालाई समाप्त गर्न उक्त हमला कारगर सिद्ध हुनेछ ।

हुथी विद्रोहीको ठेगानालाई लक्षित हवाई आक्रमण सटिक र सफल रहेको गठबन्धन सेनाले जनाएको छ । घटनास्थलमा भएको भौतिक क्षती पश्चात विद्रोही सेनाको ठुलो नोक्सानी भएको अनुमान गरिए पनि पछिल्लो २० घण्टामा यमनमा भएका विभिन्न झडपहरुमा ८३ मानिसले जीवन गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank