आर्शिवाद पेन्ट्स नेपालगञ्ज कप सुरु

सोमवार, बैशाख ३, २०७५



नेपालगञ्ज। आर्शिवाद पेन्ट्स नेपालगञ्ज कप सोमबारबाट कोहलपुरमा सुरु भएको छ।प्रतियोगिताको पूूर्वयुवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोक्तम पौडेलले व्याटिङ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेन्डी शेर्पाले बलिङ र मनमोहन  मेमोरियल क्रिकेट सेन्टरका संयोजक ठाकुर गैरेले विकेट किपिङ गरेर उद्घाटन गरे।

ab

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेल जिसान बांके ब्लास्टरले जितेको छ । टस जितेर पहिलो फिल्डिङको निर्णय गरेको जिसान बाँके ब्लास्टरले आफ्नो कप्तान महेश क्षेत्रलाई खेलाएको थिएन। उपकप्तान प्रज्वल शाहीको कप्तानीमा जिसान बाँके ब्लास्टरका लागि अजय शाहानी तथा सोनु तामाङले २–२ विकेट लिन सफल रहे।

aa

आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि सर्वाधिक रीत गौतमले अर्धशतक प्रहार गरे। उनले ५० बल खेल्दै ६३ रन बनाए भने शरद खड्काले ३४ बल खेल्दै ३६ रन बनाए। त्यसैगरी प्रनित थापाले २४ रन बनाए। निर्धारित २० ओभर खेल्दै आर्शिवाद पेन्ट्स पाल्पा योद्याजले १५३ रन  बनाएको थियो । जवाफमा १५४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको जिसान बांके ब्लास्टरका ओपनिडं ब्याट्सम्यान तथा स्वयम कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै ४२ रन बनाए । निकै राम्रो सुरुवात गरेको जिसान बांके ब्लास्टरका लागि प्रेम तामाडंले ३७ बल खेल्दै ३२ रन बनाए भने खेलमा चम्तकारी प्रर्दशन गरेका सोनु तामाडंले १२ बल खेल्दै ३६ रन बनाए ।

 

 

 

 

 

 

 

आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २,२ विकेत आफनो नाममा पारे । १८.२ ओभरमा ४ विकेटको क्षतिमा जिसान बांके ब्लास्टरले ६ विकेटले जित निकाल्यो । म्यान अफ द म्याच जिसान बांके ब्लास्टरका सोनु तामाडं बने । आज हुने पहिलो खेल एबरोल लुम्बीनी यात्रीज र जिसान बांके ब्लास्टर बिच तथा दोस्रो खेल एन आई सि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच हुने टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । प्रतियोगिताको विजेताले एक लाख १० हजार तथा उप विजेताले साठी हजार पाउने प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए।

68 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank