नाच्न नमानेपछी पतिले कपाल खौरीदिएका आस्मा अजिज को हुन् ?

शुक्रबार, चैत्र २२, २०७५



लाहोर । पाकिस्तानमा एक श्रीमानले आफ्ना साथिहरुसंग आफ्नी श्रीमती नाच्न नमानेको भनेर कुटपिट गर्नुका साथै कपाल खौरिदिएका  छन् । यो घटनाले पश्चात  पाकिस्तान सरकारले महिला सुरक्षाका बारेमा थप चासो देखाएको छ ।

आस्मा अजिज नामकी ती महिलाको भिडियो एवं  अन्तर्वार्ताहरु भाइरल भएको छ। पति फैजलले आफूले यातना दिएको उनले आरोप लगाएकी छन् ।   उनका पति मियान फैजल र घरेलु कामदार दुवै अहिले प्रहरी हिरासतमा छन् ।पति  फैजलले  उक्त आरोप स्वीकारेका छन् । Asma-Aziz-torture-case-750x369

यो घटनाले गर्दा पाकिस्तानमा महिलामाथि हुने घरेलु हिंसा रोक्नका लागि धेरै काम गर्न बाँकी रहेको अवस्था देखिएको महिला अधिकारकर्मीहरुले जनाएका छन् । सो घटनाका बारेमा एम्नेस्टी इन्टरनेशनलले ट्विट गर्दै पाकिस्तानमा प्रणालीगत परिवर्तनको आवश्यकता रहेको जनाएको छ । २६ मार्चका दिन उनको भिडियो सार्वजनिक भएको हो ।

world-asia-47805840

त्यो भन्दा दुई दिन अघि लाहोरमा उनका पतिले साथीकै अगाडि पत्नीको कपाल खौरिदिएका थिए । ‘‘उनले घरेलु कामदारकै अगाडि मेरो लुगा फुकालिदिए । घरेलु कामदारलाई मलाई पक्रन लगाए र उनले कपाल खौरेर त्यो कपाल जलाइदिए । मेरो कपडामा रगत लागेको थियो । उनले मलाई लुगा खोलेर पंखामा झुण्ड्याउने धम्कीसमेत दिएका थिए,’’ अजीजले भनेकी छन् ।

आफू सो सम्बन्धी उजुरी दर्ता गर्न प्रहरीकोमा गएको भएपनि प्रहरीले आफूले लगाएको आरोप अस्वीकार गरेको उनले बताएकी छन् ।

उनी केही मानिसहरु लिएर पछि प्रहरी कार्यालयमा जाँदा ढोका लगाएको पाइएको र आफूहरुलाई भित्र छिर्न नदिइएको उनले जनाएकी छन् । भिडियो सार्वजनिक भएपछि आन्तरिक मामिला सम्बन्धी उपमन्त्री शेहेरयार अफ्रिदीले प्रहरीलाई उजुरी दर्ता गर्न निर्देशन दिएका थिए ।

आन्तरिक मामिला सम्बन्धी उपमआन्तरिक मामिला सम्बन्धी उपमन्त्री शेहेरयार अफ्रिदीन्त्री शेहेरयार अफ्रिदी

आन्तरिक मामिला सम्बन्धी उपमन्त्री शेहेरयार अफ्रिदी

सोही निर्देशनअनुसार उनका पति र घरेलु कामदारलाई प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य परीक्षणका क्रममा अजीजको शरीरका विभिन्न भागमा थुप्रै चोटहरु फेला परेका छन् ।  फैजलले प्रहरीलाई दिएको बयानमा भने उनकी पत्नीले लागू औषध सेवन गरेर आफैले कपाल काटेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

jahjjaj

हेर्नुहोस् भिडियो:-

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank