एसिया कपमा भारतविरूद्ध नेपालको सय रन पुरा

शुक्रबार, पुस १, २०७३

loading...


काठमाडौं । श्रीलंकामा जारी दोस्रो संस्करणको युथ–१९ एसिया कपअन्तर्गत भारतसँगको खेलमा नेपालले सय रन पुरा गरेको छ । ३२.१ ओभरमा नेपालले सय रन पुरा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।

यस्तै आशिफ शेखले १८, प्रकाश केसीले १३, सुभंकर उराउ ९, सन्दिप सुनार ७ रन बनाए। नेपालका लागि आदिल खान, भीम सार्की शून्यमा आउट भए । भारतका राहुल चहारले सर्वाधिक ४ तथा आयुश जंवाल र हिमांशु रानाले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ऐरी र रोहितकुमार पौडेल (८) क्रिजमा छन् ।

571 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv