निजाकत खान र अंशुमान राथको किर्तिमानी रेकर्ड,जीतको सपना अधुरै

बुधबार, अशोज ३, २०७५



दुवई । एशिया कप २०१८ को ग्रुप ए अन्र्तगत भारत र हङकङबीच मंगलबार भएको खेलमा भारतले जीत हासिल गरेको छ ।
भारतले शिखर धवनको सतकीय पारिसँगै ७ विकेटको क्षतीमा २८५ रन बनाउन सफल भयो।

पाकिस्तानसँग अत्यन्त कमजोर प्रदर्शन गरेको हङकङलाई पराजीत गर्न भारतलाई झण्डै मुश्किल भएको खेल उसले केवल २६ रनको झिनो अन्तरले जीत हासिल गर्न सफल भयो ।

२८६ रनको चुनौती स्विकार गर्दै मैदान ओर्लिएको हङकङ कप्तान अंशुमानराथ र निजाकत खानको पहिलो विकेटको रेकर्ड साझेदारी १७४ रन जोड्दा भारत चर्काे दवाव महशुस गर्दै थियो ।

३४.१ ओभरमा अंशुमानराथ ७३ र ३५.४ ओभरमा निजाकत खान ९२ लाई गुमाउन पुग्दा अनुभवको कमीले हातमा आएको जीत भारतलाई बुझाउन बाध्य भयो । फलस्वरुप ५० ओभरमा ८ विकेट गुमाउँदै २५९ रन बनाउँदै एशिया कपबाट बाहिरियो ।

174 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank