भारत ढुक्क, पाकिस्तान र बंगलादेश अनिश्चित

सोमवार, अशोज ८, २०७५



दुवई । एशिया कप २०१८ अन्तरगत सेप्टेम्बर २३ तारिखमा भएको खेल पछि भारतले फाइनलमा आफ्नो स्थान सफल भएको छ । सुपर चार अन्तरगत आईतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले पराजित गरेसँगै एक खेल अगावै फाइनल प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ७ विकेटको क्षतिमा भारत सामु २३८ रनको लक्ष्य पस्किएको थियो । १५.५ ओभरको स्थितीमा ३ विकेट गुमाएको पाकिस्तान सरफराज अहमद र सोहेब मोलिकको सुझबुझपूर्ण ब्याटिङको मदतले ५० ओभरमा २३७ रन मात्र बनाउन सक्यो । पाकिस्तानी चुनौतीलाई भारतीय कप्तान रोहित शर्मा र शिखर धवनको सतकीय पारि सँगै ३९.३ ओभरमा एक विकेटको क्षतीमा लक्ष्यलाई भेटायो ।

आइतबार नै भएको अर्काे खेलमा बंगलादेशले अफगानिस्तानलाई रोमाञ्चकपूर्ण ३ रनले हराउँदै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । आखिरी ६ बलमा ८ रन बनाउन चुकेको अफगानिस्तानले हातमा आएको जीत गुमाउन पुग्यो । २०.५ ओभरमा ५ विकेट गुमाउदै ८७ रनमात्रै जोडेको बंगलादेशको पारीलाई ईमरुल कायस र महमुदुल्लाहले धैर्यपूर्वक ब्याटिङ गर्दै २४९ रनको योगफल तयार गरेको थियो ।

सुरुवात राम्रो गर्न नसेको अफगानिस्तान एक समय सजिलै जीत्ने अवस्थामा पुगेको थियो । भोलीको खेल भारत अफगानिस्तान र पाकिस्तान बंगलादेशबीच हुनेछ ।

178 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank