एसिया कप क्रिकेट : नेपाल भारतसँग ६ विकेटले पराजित

शुक्रबार, पुस १, २०७३

loading...


काठमाडौं । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको भारतले ३३ दशमलव ३ ओभरमा चार विकेट गुमाउदै १७४ रन बनायो ।

भारतका लागि शुभम गिलले ५७ रन, हिमांशु रानाले ५१ तथा प्रियम रागले ३६ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

यसअघि नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६८ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले ३४, ओपनर आसिफ शेखले १८, प्रकाश केसीले १३ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । बलिङतर्फ भारतका राहुल चाहरले पाँच विकेट लिए ।

386 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv