भारतीय धर्मगुरु आसाराम बापू किशोरी बलात्कार मुद्दामा दोषी ठहर

बुधबार, बैशाख १२, २०७५



काठमाडौं । किशोरी बलात्कार गरेको आरोपमा जोधपुरको अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गरेको छ । अदालतले आसाराम सहित अन्य चार अभियुक्तहरुलाई पनि दोषी ठहर गरेको छ । अदालतले आसाराम सहित शिवा, शरतचंद्र, शिल्पी र प्रकाशलाई दोषी ठहर गरेको हो । अहिले सबै दोषीहरुको सजायमा बहस जारी छ ।

७७ वर्षिय आसारामी जोधपुर नजिक मनाई आश्रममा सन् २०१३ मा उनले १६ वर्षिय किशोरीलाई बलात्कार गरेका थिए । किशोरीका आमा बाुवा आसारामका भक्त थिए । एक दिन जब ती किशोरी स्कुलमा ढलेकी थिइन् ।

त्यही समयमा उनका आमाबुवाले उपचारको लागि आसारामको आश्रममा लगेका थिए । प्रहरीका अनुसार आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेका थिए ।
बीबीसी

200 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank