रुसले क्रिमियामा एस ४०० मिसाइल पठाउँदै

बिहिबार, मंसिर १३, २०७५



किभ । युक्रेनको विदेश मन्त्रालयले रुससँग बढ्दै गएको पछिल्लो राजनैतिक गतिरोध पछि रुसको निन्दा र आलोचना गरेको छ ।  दुई दिन अघि युक्रेनी पानी जहाज सहित तीन समुन्द्री नाबिकलाई रुसले निमन्त्रणमा लिए सँगै तातेको राजनैतिक गतिरोधले नयाँ मोड लिंदै छ ।

युक्रेनी राष्ट्रपति पोरोशेन्कोले सन् २०१९ को निर्वाचनलाई लक्षीत गर्दै मार्शल ल लगाउने निर्णय गरेको रुसी राष्ट्रपतिले आरोप लगाएका छन् । मार्सल ल को जवाफ दिदैं पुटिन प्रशासनले क्रिकियामा एस ४०० मिसाइल खडा गर्ने बताएको छ ।  नेटो सैनिक संगठनले किभलाई समर्थन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आब्हान गरेसँगै रुसले क्रिमियाको सुरक्षाका लागि एस ४०० मिसाइल पठाउने तयारी गरेको छ ।

सन् २०१४ पछि क्रिमियामा रुसी सैनिकको उपस्थिती रहँदै आएको छ । कालो सागर (ब्ल्याक सी ) मा देखिएको पछिल्लो तनाब दक्षिणी युरोप ,उत्तरी अफ्रिका र मध्यपूर्वको सुरक्षामा दुरगामी प्रभाव पर्ने जनाइएको छ ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank