अरुन्धती रोय काठमाडौंमा

शनिबार, चैत्र ३०, २०७५



काठमाडौं । आफ्नो कृतिका कारण र राजनीतिक टीकाटिप्पणी,  दुवै कारणले सधैं चर्चामा रहने थोरै लेखकमध्ये एक अरुन्धती रोय पनि हुन् ।राज्यसत्ता र मूलधारको विचार पंक्तिमा सधैं विद्रोहीझैं उभिने भारतीय लेखक अरुन्धती रोय यो पटक काठमाडौं आएको र गएका धेरैले पत्तो पाएनन् । पेशाले आर्किटेक्ट रोयले थुप्रै हिन्दी चलचित्रको पटकथा पनिलेख्छिन् ।

संसारभरका ३ सयभन्दा बढी महिलावादी विचारक र अभियन्ताको ग्लोबल कन्फरेन्समा प्रमुख वक्ता बनेर काठमाडौं आएकी अरुन्धतीले सोल्टी होटलको मञ्चमा हिजो (शुक्रबार) उभिनासाथै आफ्नो बेस्टसेलर उपन्यास ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस ‘हातमा लिएर भनिन्, ‘यो खुसीको कुरा हो, यो उपन्यास विश्वका ५० भाषामा अनूदित भइसकेको छ । र, यो पनि यहाँ उभिएर भनौं, ५१ भाषा नेपालीमा पनि यो उपन्यास अनूदित भएर आउँदै छ ।’

यो उपन्यास अपार खुसीको कुटुम्ब नाममा सांग्रिला बुक्स इन्डियाबाट प्रकाशित हुँदै छ । पुस्तकको अनुवाद सिलिगुडीका कवि राजा पुनियानीले गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank