५० लाख प्रतिबन्धित भारतीय रुपैँया सहित दुई पक्राउ

बिहिबार, चैत्र २९, २०७४



काठमाडौं। ५० लाख अबैध भारतयि रुपैयाँ सहित दुईजना पक्राउ परेका छन् । प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । काठमाडौको विभिन्न स्थानबाट ति नोट बरामद गरेको काठमाडौ प्रहरीले जनाएको छ ।

भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारतमा प्रतिबन्ध गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उक्त रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएपनि विस्तृत विवरण सार्वजनिक गरेको छैन । प्रहरीले नोटसहित समातिएका दुईजनालाई सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

46 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank