लागूऔषध चरेससहित एक भारतीय र एक नेपाली पक्राउ

बुधबार, बैशाख २६, २०७५



बैतडी। लागूऔषध चरेससहित प्रहरीले एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडी बस्ने २५ वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णा बस्ने गणेशदत्त भट्ट रहेका छन् ।

भण्डारीलाई शंकाको आधारमा चेक जाँज गर्दा उनको झोलाबाट ५२ ग्राम लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी गणेशदत्त भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको प्रहरीले बताएको छ । घटनाको बारेमाथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

42 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank