कञ्चनपुरमा लागू औषध सहित दुई जना पक्राउ

आइतवार, बैशाख २३, २०७५



कञ्चनपुर । कञ्चनपुरमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २० का दिपक थापा र भिमदत्त नगरपालिका वडा नं। १८ कटान बस्ने वर्ष २७ का बिनोद चन्द रहेका छन् । दुबै जनालाई फरक फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं। ११ डोकेबजारबाट पुनर्वास ६ का दिपक थापालाई पक्राउ गरेको हो । उनको साथबाट नाईट्राभेट ३७ ट्याब्लेट र स्पास्मो ३ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय कञ्चनपुरबाट शादा पोशाकमा खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित नेपाल भारत सिमानामा पैदल हिडिरहेका भिमदत्त १८ कटान बस्ने बिनोद चन्दको साथबाट अबैध लागू औषध खैरो हेरोईन ९ब्राउन सुगर० २ ग्राम बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताउनु भयो । कञ्चनपुरमा पछिल्लो समयमा लागु औषध ओसारपसारमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । तर यस्ता कार्यमा संलग्न ठूलो गिरोह पत्ता लगाउनका लागि प्रहरीलाई अझै सकस परिरहेको छ ।

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank