मदिरा सेवन गरी बबन्डर गरेको आरोपमा उद्योग वाणिज्य महासङ्घका सुदूरपश्चिम अध्यक्ष पक्राउ

मङ्लबार, बैशाख १६, २०७७



काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका सुदूरपश्चिम अध्यक्ष शङ्कर बोगटीलाई पक्राउ परेका छन् ।

गए राती मदिरा सेवन गरी बबन्डर गरेको आरोपमा प्रहरीले बोगटीलाई पक्राउ गरेको हो । लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजे नै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments