पेस्तोल र गोली सहित तीन जना पक्राउ

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । पेस्तोल र गोली सहित तीन जना पक्राउ परेका छन । चितवनको राप्ती नगरपालिका ६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका-१२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसीर सल्यान रिम गाउँपालिका- ५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उक्त स्थानमा बा. ८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा हिँडिरहेका उनीहरुले ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट कटुवा पेस्तोल १ थान सहित डडुवा गाउँपालिका-४ उचामसाह बस्ने ३२ वर्षीय मेराज अली सैयदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सल्यानी बंगलाबाट बसपार्क तर्फ जाँदै गरेको भे.१ स ८३२६ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा रिक्सामा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी रिक्सा चालक सैयदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata