जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मङ्लबार, अशोज २८, २०७६



काठमाडौं । काठमाडौं महानगरपालिका-६ कपन भृकुटी चोक डेरा गरी बस्ने सपना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा सपना राई समेत ४ जनालाई नगद ७१ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-६ वौद्धस्थित नागेश्रर गल्लीमा ओखर (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने ३७ वर्षीय डम्वर गुरुङ समेत ५ जनालाई नगद १ लाख ८९ हजार ८ सय २० रुपैयाँ र १८ वटा ओखर सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata