छुरा प्रहार गरि एककाे हत्या , नौं जना पक्राउ

बिहिबार, साउन ९, २०७६



झापा । छुरा प्रहार गरि हत्या गरेको अभियोगमा नौं जना पक्राउ परेका छन । दमक नगरपालिका-२ बस्ने१८ वर्षीय बिक्रम लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका १ जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ ।

दमक नगरपालिका-१ स्थित दुर्गा मन्दिर पछाडि ग्याङफाईट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments