आर्थिक समृद्धि प्राथमिकतामाः अर्थमन्त्री डा खतिवडा

बुधबार, बैशाख २६, २०७५



काठमाडौँ ।
संघीय संसद्, प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

मन्त्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।

“दिगो विकास लक्ष्य प्राप्तिका लागि अगामी कार्यक्रम केन्द्रीत रहने भन्दै उनले “गरिबी निवारण गर्दै आर्थिक समृद्धि हासिल गरिने बताए ।

स्वच्छ, खानेपानी, आधारभूत स्वास्थ्यको पहुँच, स्वास्थ्य बीमामा सबैको आवद्धता, निरक्षरता उन्मूलन, सार्वजनिक शिक्षालाई थप प्रभावकारी, रोजगारी सिर्जना, नयाँ नयाँ कामका अवसर, श्रमिकका दक्षता अभिवृद्धि तथा पर्यटनको विकास आव २०७५÷७६ को प्राथमिकतामा रहेको मन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःनिर्माण उच्च प्राथमिकतामा रहने र सामाजिक सुरक्षाको दायरा वृद्धि गरिने पनि प्राथमिकता रहेको बताएका हुन् ।

334 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank