एक महिना भित्र बक्यौता रकम असुल गर्न सरकारलाई अर्थ समितिको निर्देशन

आइतवार, माघ २७, २०७५



काठमाडौं । संघीय संसदको अर्थ समितिले नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि बक्यौता रकम एक महिना भित्र असुल गर्न निर्देशन दिएको छ ।  अर्थ समितिको आइतबार सिंहदबारमा बसेको बैठकले दुर संञ्चार प्रदायक निकायले तिर्न बाँकी दुई अर्ब ९६ करोडभन्दा बढि बक्यौता रकम एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

 एक महिना भित्र रकम नबुझाएमा त्यस्ता दूर संचार सेवा प्रदायक संस्थाहरु खारेज गर्ने प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

२०७५ साल पुस महिनासम्म दुई अरब ९६ करोड, ८५ हजार रुपैयाँ भन्दा बढि बक्यौता रकम नेपाल सरकार र दूर संचार प्राधिकरणलाई बुझाउन बाँकि छ । समितिमा अर्थ मन्त्रालयले एनसेलको १२ अर्ब ७३ करोड पूँजीगत लाभकर उठाउन बाँकि रहेको विवरण पेश गरेको थियो । सोही प्रकरणमा सर्वोच्च अदालतले पूँजीगत लाभकर असुल गर्न सरकारलाई निर्देशन दिइसको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata