आर्सनल युरोपा लिग फुटबलमा पराजित

शुक्रबार, मंसिर १३, २०७६



एजेन्सी । बिहिबार राति भएको युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब आर्सनल पराजित भएको छ । उक्त खेलमा आर्सनल जर्मन क्लब आईन्ट्याच फ्रान्कफर्टसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा सुरुआती अग्रता भने आर्सनलले बनाएको थियो । आर्सनलका लागि पियरिक एम्रिक अबुमियाङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औँ मिनेटमा दची कामडाले फ्रान्कफर्टका लागि बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा उनैले कामडाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्टलाई २–१ को जित दिलाए । यो हारसँगै आर्सनललाई अघिल्लो चरण प्रवेश असहज बनेको छ । आर्सनल ५ खेलबाट १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । फ्रान्कफर्ट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata