लकडाउनका बेला युवकलाई कुट्ने सशस्त्र प्रहरीका हवलदार निलम्बित

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौँ । लकडाउन उलङ्घन गरेको भन्दै दुई युवकलाई कुट्ने सशस्त्र प्रहरीका हवलदार निलम्बित भएका छन् । नेपाल–भारत लडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हवलदार कारबाहीमा परेका हुन ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवलदार मनोज चौधरीले ती युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएसँगै सशस्त्र प्रहरीको व्यापक आलोचना भएको थियो ।

आदेश विपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले जानकारी दिए । लकडाउन उल्लङ्घन गरेको आरोपमा बलान बिहुल ३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकाको दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हवलदार चौधरीले कुटपिट गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments