रोजगारीको लागि विदेश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

मङ्लबार, मंसिर २१, २०७३



काठमाडौं, २१ मंसिर । रोजगारीको लागि दक्षिण कोरिया पठाईदिन्छु भनी ठगी गर्ने खोटाङ बाकाचोल–३ घर भई काठमाडौ महानगरपालिका–६ बौद्ध तीनचुली बस्ने ३५ वर्षीय लाक्पा तेम्बा शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

शोर्पाले दोलखा श्यामा–४ का साङ्गे शेर्पा सहित ४ जनालाई दक्षिण कोरियामा आकर्षक तलवको सुविधा भएको कम्पनीमा काम लगाईदिने भनी प्रलोभन देखाई विश्वासमा पारी जनही ११ लाख ५० हजार रुपैयाँ लाग्ने भनी बार्गेनिङ गरी ४६ लाख रुपैयाँ लिई टुरिष्ट भिषामा जापान पठाएका थिए ।

जापान पुगे पश्चात शेर्पाको सम्पर्कमा रहेका दलाल नर्वु छिरिङ गुरुङले पुनः प्रति व्यक्ति २ लाखका दरले ४ जनासँग जापानमा नै ८ लाख रुपैयाँ समेत लिएका थिए । दक्षिण कोरिया पठाउनको लागि जापानलाई ट्रान्जिट बनाई जान सकिन्छ भनी पीडितहरुलाई विश्वासमा पारी टुरिष्ट भिषाको म्याद समाप्त भए पश्चात जापानको ईमिग्रेशनले परमिट नभएको कारण पक्राउ गरी ९ महिना जेल परी उनीहरु नेपाल फर्किएका थिए । शेर्पालाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments