किर्ते अभियोगमा न्यायाधीशकै श्रीमती पक्राउ

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं  । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन् । न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो । ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए ।

सोमबारै पक्राउ गरिए पनि अदालतबाट म्याद लिएपछि बुधबारमात्रै घटना सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा ललिताका दाजुहरु बाबुराम चौहान र शिवशंकर चौहान तथा भाउजू बुनु चौहान पनि छन् । अर्की भाउजू भोजकुमार फरार छिन् । –कान्तिपुर दैनिकबाट

137 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank