मृगको मासु भाग लगाइरहेको अवस्थामा हतियारसहित ४ जना पक्राउ

बिहिबार, जेष्ठ १, २०७७



कास्की । पोखरामा अवैधरूपमा मृगको सिकार गरेको आरोपमा प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ ।

मृग मारेको र लुकाइछिपाई हातहतियार राखेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका ३१ बिनेरीकुनाबाट भरुवा बन्दुक, गोली र मृगको मासुसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ३१ बिनेरीकुना बस्ने आइते पोडे, राजकुमार पोडे, सरल न्यौपाने र गणेश गौतम रहेका छन् ।

मृग मारेर पोडेको घरमा भाग लगाउँदै गरेको भन्ने सूचनाका आधारमा सो ठाउँमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments