तीन बर्षीय बालिकालाई दुब्यबहार गरेको आरोपमा व्यापारी पक्राउ

शनिबार, कार्तिक १७, २०७५



विराटनगर । तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका एक किराना व्यापारी पक्राउ परेका छन्।

बालिकालाई दुब्यबहार गरेको आरोपमा विराटनगर १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको एक परिवारकी ३ वर्षीया बालिकालाई सिंखडाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank