प्रहरी सर्चमा १८ जुवाडे पक्राउ

शुक्रबार, कार्तिक १६, २०७५

- प्रमित वि क



बाजुरा । तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाजु्राले गरेको छड्के अनुगमनमा एकै रात १८ जुवाडे पक्राउ परेका छन् ।  प्रहरीकाे टोलीले जिल्ला सदरमुकाम मार्तडीमा जुवा खेल्दै गरेका १८ जनालाई नगद १८ हजार सहित पक्राउ गरेको हो ।

राती साढे १ बजको समयमा बडिमालिका नगरपालिका ८ थापाबाडा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  राती गएको प्रहरीको गस्तीले एउटै घरमा १८ जना समातेको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताए । चाडवाडको बाहानामामा जुवातास खेलेर समाजमा अराजकता फैलाउने जोसुकैलाई कार्वाही गर्ने प्रहरी नायव उपरिक्षक भाटले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराले शुभ दिपावलीको अबसर पारेर जिल्लाका ९ वटै स्थानिय निकाएमा अनुगमन प्रक्रिया तिब्र पारेको छ ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank