नेपाल टेलिकमको १७ लाखको रिचार्जकार्ड चोरि गर्ने एक जना पक्राउ

बिहिबार, कार्तिक १५, २०७५



दाङ । जिल्ला प्रहरी कार्यालय दाङले १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा,रोल्पाको मालि गाउँपालिका–१ का २१ वर्षीय दलबहादुर पुन रहेका छन् ।

नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि इलाका प्रहरी कार्यालय थवाङको सहयोगमा दाङ प्रहरीले पुनलाई पक्राउ गरेको हो। रिचार्ज डिलरले गाडीमार्फत एक ठाउँबाट अर्को ठाउँ रिचार्ज कार्ड लिएर जाँदै गरेको बेला बिचबाटो बाटै कार्ड चोरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चोरी गरेका रिचार्ज कार्डहरु प्युठानको स्वर्गद्धारी गाउँपालिका–७ स्थित ससुराली घरमा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।पुनलाई चोरी मुद्धा दर्ता गराएर थप अनुसन्धान थालिएको जनाएको छ ।

181 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank