लागूऔषध सहित ३ जना पक्राउ

बुधबार, कार्तिक १४, २०७५



काठमाडौं । लागु औषध सहित बाँके र काठमाडौंबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । बाँके नेपालगंज उपमहानगरपालिका(३ हिरमनियाबाट भारत बहराइच रुपैडिया थाना बस्ने १८ वर्षीय साहरे आलमलाई लागूऔषध ८९ ग्राम ब्राउनसुगर सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण क्षेत्रीय ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी आलमलाई पक्राउ गरेको हो ।  त्यस्तै काठमाडौं टोखा बस्ने मोरङ बेलबारी नगरपालिका ८ का २७ वर्षीय सरोजकुमार थापालाई लागूऔषध चरेश १ सय २७ ग्राम, फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल, आइएसडी ९ थान, आइसिई जस्तो पदार्थ १.५ ग्राम, हाल नाम नखुलेको सेतो धुलो ५ सय ग्राम र १० हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ ठमेलमा बा ९४ प ३५४१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार थापाको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank