दुईलाख घुस सहित नापी कार्यालय लहानका कर्मचारी अख्तियारको फन्दामा

मङ्लबार, कार्तिक १३, २०७५

- राम नारायण पंडित 



सिरहा।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिराहा बर्दिवासको टोलीले सेवाग्राहीसँग लिएको दुईलाख घुस सहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई मगंलबार पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले जानकारी दिए ।

एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीसँग एक वर्ष अधिदेखि मोलमोलाई हुदै आएको जनाएको छ । श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको भएपनि उनीहरु धेरैपछि मात्र दुईलाखमा टुङ्गिएको बुझिएको छ ।

Akhatiyar news (1)

सेवाग्राहीको सहयोगमा चौधरीलाइ नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए । पक्राउ परेका चौधरीलाई अख्तियार टोलीले कार्यालयमै राखेर मुचुल्का उठाई आवश्यक कार्यवाहिको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास लगिएको जनाएको छ ।

166 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank