बाँकेमा रेडपाण्डाको छालासहित एक जना पक्राउ

आइतवार, कार्तिक ११, २०७५



बाँके । रेडपाण्डा (हाब्रे) को छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्युरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो। बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ।

56 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank