५ थान कस्तुरीको बिना सहित दुई जना पक्राउ

आइतवार, भदौ २४, २०७५



काठमाडौं । पाँच थान र्दुलभ कस्तुरकिो विना सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरमा काठमाडौं महानगरपालिका २० भिमसेन स्थानका २४ वर्षीय किसान ठकुरी र ललितपुर धापाखेल बस्ने सिन्धुपाल्चोक टेच्कु गाउँपालिका ५ का २८ वर्षीय श्याम गुरुङ रहेका छन् ।

काठमाडौं महानगरपालिका २७ ज्याठामा कस्तुरीको बिना कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा ५ थान विना सहित किसान र श्यामलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank