माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेको १२ जना मानवअधिकारकर्मी पक्राउ

बिहिबार, असार २१, २०७५



काठमाडौं । अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका मानब अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गरेको भन्दै प्रहरीले प्रसाई, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी र डा. सुरेन्द्र भण्डारी लगायतलाई पक्राउ गरेको हो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र हटाउनुपर्ने, डा.गोविन्द केसी र गंगामाया अधिकारीका माग पूरा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग सिंहदबारमा राखिएको छ ।

392 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank