यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ८ जना बिचौलिया पक्राउ

बुधबार, असार २०, २०७५



काठमाडौं । यातायात व्यबस्था कार्यालय, मोटरसाईकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुख दिने ८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–८ बस्ने झापा सुरुङगा नगरपालिकाका ३३ वर्षीय कृष्णप्रसाद थपलिया, १७ वर्षीय अपार रिजाल, कलंकी बस्ने २० वर्षीय किरण देउला, भक्तपुर ईताछे बस्ने ४४ वर्षीय गोपालकृष्ण श्रेष्ठ, ललितपुर महानगरपालिका–१३ जावलाखेल बस्ने ३८ वर्षीय प्रकाश तन्डुकार, ललितपुर महानगरपालिका–१४ सातदोबाटो बस्ने ३४ वर्षीय कन्चन राई, काठमाडौं रातोपुल बस्ने बाँके कोहलपुरका ६७ वर्षीय बालकृष्ण खत्री र ललितपुर ईमाडोल बस्ने सिन्धुलीका ३० वर्षीय पवन तामाङ रहेका छन् ।

उनीहरुले सेवाग्राहीसँग दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान रोक्ने गरेको भन्ने सेवाग्राहीद्वारा गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले सेवाग्राहीलाई जवरजस्ती तानिरहेको र यातायात कार्यालयमा जान अबरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु बिरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank