स्राेत नखुलेकाे १८ लाख नगद सहित तीन जना पक्राउ

आइतवार, असार १४, २०७७



महोत्तरी । मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको
साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २-०३-००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला
पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments