किर्ते हस्ताक्षर गरी नगद ३ लाख ठगी गरेको अभियोगमा पक्राउ

बुधबार, असार १०, २०७७



पर्सा । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१३ बस्ने चितवन भरतपुर महानगरपालिका-६ की मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय बीरगंजमा रहेको खाताको हस्ताक्षर किर्ते गरी अपरिचित व्यक्तिले मोबाइल नम्बर ९८२९२४३५६० बाट मिराकै मोबाइल बैकिङ सेवा सुचारु गरी पटक पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments