८ जना जुवाडे पक्राउ

बिहिबार, असार ४, २०७७



कास्की । जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन। पोखरा महानगरपालिका-६ लेकसाईडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ बैदाम बस्ने ६१ वर्षीय बीर बहादुर लामिछाने लगायत ८ जनालाई नगद १९ हजार ३ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments