छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

बुधबार, असार ३, २०७७



काठमाडौं । टोखा नगरपालिका -११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका९१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३
बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका९६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चितवन।  खैरहनी नगरपालिका९४ कुनाघारी बस्ने ३१ वर्षीय गुड बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र जंग थापा लगायत ६ जनालाई नगद ३३ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments