अवैध लागूऔषध गाँजा सहित पक्राउ

आइतवार, जेष्ठ ३२, २०७७



रौतहट । कटहरिया नगरपालिका-२ जमुनियाबाट राजपुर नगरपालिका-५ बस्ने ५५ वर्षीय महमद सलामलाई करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले जाँच गर्दा साइकलमा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी सलामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments