जंगली जनावर मृग मारेको अभियोगमा दुई जना पक्राउ

आइतवार, जेष्ठ २५, २०७७



उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका- ५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली जनावर मृग मारी उनीहरुले आफ्नो घरमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुर र सब-डिभिजन बन कार्यालय सुन्दरपुर उदयपुरबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई मृगको
मासु सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ दुवै जनालाई सब-डिभिजन बन कार्यालय सुन्दरपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments