नियन्त्रित लागूऔषध र नगद सहित पक्राउ

बुधबार, जेष्ठ १४, २०७७



सुनसरी । नियन्त्रित लागूऔषध र नगद सहित पक्राउ एक जना पक्राउ परेका छन । धरान उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल सहित पक्राउ परेका हुन ।

साथै उनकाे साथबाट  नगद २ लाख ३७ हजार रुपैयाँ समेत बरामद प्रहरीले जनाएकाे छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानको लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments