भरुवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित पक्राउ

शुक्रबार, जेष्ठ ९, २०७७



मकवानपुर । मनहरी गाउँपालिका-७ कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments